काठमाडौं, जेठ ८
सरकारले हवाइ उडान जेठ ३२ गतेसम्मका लागि बन्द गरेको छ । कोरोना प्रवेश गर्न र फैलिन नदिन भन्दै सरकार आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान जेठ मसान्तसम्मका लागि बन्द गरेको हो । यसअघि जेठ १८ गतेसम्मका लागि मात्र हवाइ उडान बन्द गरिएको थियो । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउनको अवधि थप गरे पनि हवाइ उडानको बारेमा कुनै निर्णय गरेको थिएन ।
बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले हवाइ उडानलाई जेठ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । अब स्वदेश तथा विदेश यात्रा गर्नेले असार लागेपछि मात्र उडान गर्न पाउने छने । हवाइ उडान बन्दलाई जारी राख्ने सरकारी निर्णयका कारण विदेशबाट स्वदेश फर्किन चाहनलेहरुले पनि असार महिना नै कुर्नुपर्ने छ । हवाइ उडान खोले पनि कुनै पनि देशले तत्काल भिसा प्रक्रिया नखोल्ने भएको कारण वैदेशिक उडान भने लामो समयसम्म प्रभावित हुनेछ । यद्यपि विदेशबाट स्वदेश फर्किन चाहनेहरुलाई भने सहजता मिल्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया