फिलिपिन्सबाट चिनियाँ नागरिकलाई देश निकाला
मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको छ ।
अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो रहेका थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, सांगीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट एक व्यवसायद्वारा सञ्चालित उक्त भवनमा फेला परेको थियो । उक्त व्यवसायले इन्टरनेट गेमिङ कम्पनीका रूपमा इजाजत प्राप्त गरेको अधिकारीहरूले बताएका छन् । छापा मार्ने क्रममा धेरै महिलाको ‘उद्धार’ गरिएको प्रहरीले बताएको छ । राष्ट्रपतिको संगठित अपराधविरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले एएफपीलाई भने, ‘चिनियाँ नागरिकसँग वर्क परमिट (काम गर्ने अनुमति) थिएन र उनीहरू ‘अनलाइन घोटालामा’ संलग्न थिए ।’ छापामा पक्राउ परेका थप विदेशीहरूलाई आगामी साताहरूमा देश निकाला गरिने उनले जानकारी दिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया