युरेनियमको मूल्य १७ वर्षयताकै उच्च विन्दुमा
न्युयोर्क । आणविक ऊर्जामा नयाँ चासोको पृष्ठभूमिमा सीमित आपूर्ति र तीव्र मागका कारण युरेनियमको मूल्य करिब १७ वर्षयताकै उच्चस्तरमा पुगेको छ । आणविक इन्धनको रूपमा प्रयोग गरिने युरेनियम अक्साइडको कारोबारका लागि महत्वपूर्ण मानिने सम्झौता जनवरी २००७ पछि पहिलो पटक प्रतिपाउण्ड अर्थात् करिब चार सय ५३ ग्रामको ८५.७५ डलर पुगेको छ ।
आणविक ऊर्जामा नयाँ चासोको कारण मागमा भएको वृद्धि र युक्रेनमा रूसको आक्रमणपछि तेल र ग्याँस आपूर्तिको बारेमा डरको कारण पनि यो मूल्यवृद्धि कारकहरूको संयोजनको परिणाम हो । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०२१ मा आणविक ऊर्जाबाट करिब ७० प्रतिशत विद्युत् उत्पादन गर्ने फ्रान्सजस्ता आणविक ऊर्जामा अत्यधिक निर्भर मुलुकका लागि उच्च मूल्यले टाउको दुखाइको विषय बन्नेछ ।
फ्रान्स, बेल्जियम, बेलायत र रोमानियाले हालै धेरै अवरूद्ध पावर प्लान्टहरूको सञ्चालन र विस्तारको लागि अनुमति दिएका छन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको पब्लिक युटिलिटिज कमिसन (सीपीयूसी)ले बिहीबार लस एन्जलस नजिकैका दुई रिएक्टरको आयु पाँच वर्ष थप्नु स्वीकृति दिएको छ ।
विशेषगरी चीनमा नयाँ परियोजनाहरू पनि सुरु गरिएका छन् । चीनमा २५ रिएक्टरहरू निर्माणाधीन छन् । भारत, टर्की र इजिप्टमा पनि नयाँ परियोजनाहरूको उल्लेख्यरूपमा वृद्धि भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया