भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु
नयाँदिल्ली । भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको छ । महाराष्ट्र राज्यको नागपुर सहरमा रहेको सोलार इन्डस्ट्रिज इन्डियामा कामदारहरू प्याकिङ क्षेत्रमा रहेका बेला विस्फोट भएको थियो ।
‘नागपुरको सोलार इन्डस्ट्रिजमा भएको विस्फोटमा छ महिलासहित नौ जनाको मृत्यु भएको र यो अत्यन्त दुर्भाग्यपूर्ण छ,’ राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले सामाजिक सञ्जाल एक्स ‘ट्वीटर’मा लेखेका छन् ।
कम्पनीले देशको रक्षा बलका लागि ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने गरेको उनले बताए । दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले छ हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
घटनामा कम्तीमा तीन जना कामदार घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतमा औद्योगिक विपत्तिहरू सामान्य छन् । यसका लागि विशेषज्ञहरूले खराब योजना र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनलाई दोष दिन्छन् । गत वर्ष बिहारको पूर्वी राज्यमा अवैध रूपमा पटाका उत्पादन भइरहेको एक घरमा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको थियो । सन् २०२१ मा दक्षिणी तमिलनाडु राज्यको एक पटाका कारखानामा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको थियो । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया