पोखरा फाइनान्सले नौ महिनामा कमायो आठ करोड ७८ लाख
काठमाडौं, जेठ ९
पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ७८ लाख ८५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको तेस्र्रो त्रैमासिक अवधिमा फाइनान्सको यस्तो नाफा छ करोड २८ लाख १७ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९१ करोड ७२ लाख ८१ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ९२ करोड ५० लाख ८१ हजार रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब तीन करोड ५७ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २४ करोड ३५ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब ७९ करोड २३ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २५ करोड ७२ लाख २१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ६८ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया