चीनले महामारीसँगै पाँच प्राथमिकतालाई अघि बढाउने
बेइजिङ, जेठ १२
चीनले कोभिड–१९ विरूद्धको निरन्तर संघर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरणका उपायलाई अघि सार्ने बताएको छ । चीनले कोभिड–१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न पाँच कूटनीतिक प्राथमिकतालाई पनि जोड दिने चिनियाँ राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले आइतबार नियमित पत्रकार सम्मेलनमा बताए । वाङको यो भनाइ चिनियाँ संसदको वार्षिक राष्ट्रिय अधिवेशन चलिरहेका समय आएको बताइएको छ ।
वाङले भने, ‘चीनले सन् २०२० का प्राथमिकतामा को कुटनीति घरेलु विकासलाई प्रोत्साहन, राष्ट्रिय चासोहरूको सुरक्षा, अन्य साझेदार मुलुकहरूसँगको मित्रतालाई थप प्रगाढ बनाउने, बहुपक्षीयतामा कडा अडान र अन्तर्राष्ट्रिय समन्वयलाई कोरोनाविरूद्धको लडाइसँगै सक्रियतासाथ विस्तार गर्ने नीति लिनेछ ।’
उनले भने, ‘महामारीको अवधिमा चीन–पाकिस्तान आर्थिक करिडोर उर्जा परियोजना, चीन युरोप रेललगायत ‘बेल्ट एण्ड रोड’ बीआरआईसम्बन्धी पूर्वाधार निर्माण परियोजना तथा जनताको जीवनसँग घनिष्ट सम्बन्ध भएका परियोजनाहरूले महामारी प्रतिरोधका महत्वपूर्ण भूमिकालाई अघि बढाइनेछ ।’
महामारीपछि चीनले सम्बद्ध मुलुकसँगै स्वस्थ रेशम मार्गको निर्माणलाई अघि बढाउँदै उचित समयमा बीआरआई उच्चस्तरीय भिडियो कन्फरेन्सको आयोजना गर्ने पनि उनले बताए । उनले डिजिटल रेशमी मार्गमा महत्व दिँदै विभिन्न मुलुकको आर्थिक विकासका लागि थप सहयोग गरिनुपर्नेमा पनि जोड दिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया