ग्लोबल रेमिटबाट पैसा पठाउँदा दुई सय ५० रुपैयाँ क्यासब्याक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा दुई सय ५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा दुई सय ५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।
बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५ हजार रुपैयाँसम्म पैसा पठाउँदा एक सय रुपैयाँ, त्यसैगरी ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा दुई सय रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढी पैसा पठाउँदा दुई सय ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहने बताइएको छ । ग्लोबल आइएमई बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा दुई सय ५० रुपैयाँसम्म थप गरिदिनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
- मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन
- वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छको प्रगति न्यून, चारको शून्य
- यार्सागुम्बा सिजन सुरु भएसँगै तातोपानी नाका सुनसान
- केहीबेरको वर्षाले बागमती प्रदेशसभा सचिवालय जलमग्न
- अत्यधिक गर्मीका कारण विद्यालय बन्द
- झण्डै चार अंकले उक्लियो सेयर बजार
- अध्यक्ष नेपालद्वारा चीन भ्रमण रद्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया