दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध
सोल, जेठ १४
दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरि मधुमेहका औषधि उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । योन्हापका अनुसार कोरियाको जनस्वास्थ्य निकायले मंगलबार दिएको जानकारीअनुसार ‘कार्सिनोजिन’को मात्रा रहेको र यसको प्रयोगले क्यान्सरको जोखिम रहने अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो ।
ती सबै मेटफर्मिनमा–आधारित औषधि हुन् । यी सबै टाइप–२ को विरामी अर्थात वयस्क विरामीहरूका लागि सिफारिस हुने औषधि हुन् । कोरियाली खाद्यय तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिहरूमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए नभएको परीक्षण भइरहेको बताएको छ । ‘परीक्षण भएकामध्ये ३१ औषधिमा एन–नाइट्रोसोडियमथाइलामाइनको मात्रा अनुमति दिइएकोभन्दा बढी भएको पाइएको छ’, मन्त्रालयले भनेको छ । औषधिजन्य उक्त पदार्थको मात्रा निकै थोरै भएकोले यसका कारण विगतमा औषधि सेवन गर्ने विरामीको स्वास्थ्यमा भने समस्या नहुने बताइएको छ ।
प्रतिबन्धित गरिएका यी औषधिको सेवन गर्ने विरामीको सङ्ख्या हाल कोरियामा दुई लाख ६० हजार रहेको उल्लेख गरिएको छ । जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गुल्लेस–एम र ग्लाइमफोल चक्कीहरूजस्ता प्रतिबन्धित औषधिहरूमा ‘कार्सिनोजिन’को मात्रा बढी भेटिएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया