घरेलु लघुवित्तद्वारा आर्थिक सहयोग तथा खाद्यान्न सामग्री वितरण
काठमाडौं, जेठ १८
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न विभिन्न स्थानीय निकायहरूलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तको शाखा कार्यालयहरू सुकदेव चौक, रौतहट, लौकाहा, रौतहट र विष्णुपुर, सिराहाका शाखा प्रबन्धकहरू क्रमशः राजेश राय यादवले यमुनामाई गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियालाई, रूपेशकुमार झाले परोहा नगरपालिकाको मेयर शेष वकिललाई र अनिलकुमार यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको उपस्थितिमा लेखापाल महेन्द्र यादवलाई सम्बन्धित प्रत्येक गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रूपैयाँका दरले तीनवटा स्थानीय निकायलाई जम्मा ३० हजार रूपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुुन् ।
यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने समस्यामा परेका मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । साथै संस्थाको शाखा कार्यालय महांकाल काठमाडौंका शाखा प्रबन्धक सविता अधिकारीले ३ विपन्न सदस्यका घरपरिवारहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया