दोलखाका नौ स्थानीय तहहरूलाई तीन अर्ब १८ करोड ३० लाख बजेट
सुबास बस्नेत
दोलखा, जेठ १९
संघीय सरकारले वागमती प्रदेशअन्तर्गतको पहाडी जिल्ला दोलखाका लागि चालू वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि बजेट बढी छुट्याएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा दोलखाले चालू आर्थिक वर्षको भन्दा सवा ६३ करोडबढी रकम पाएको हो । संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्षको लागि दोलखाका ९ स्थानीय तहहरूलाई तीन अर्ब १८ करोड ३० लाखरूपैयाँ बजेट विनियोजन गरेको छ ।
चालू आर्थिक वर्षको लागिदुई अर्ब ५५ करोड १२ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो ।संघीय सरकारले ७ गाउँपालिकाहरूलाई दुई अर्ब ३१ करोड १९ लाख तथा २ नगरपालिकालाई ८७ करोड ११ लाख बजेट विनियोजन गरेको छ।आर्थिक वर्ष २०७७/७८ का लागि २ नगरपालिका र ७ गाउँपालिकालाई वित्तीय समानीकरण,सशर्त, विशेष र समपुरक अनुदान शीर्षकमा उक्त रकम विनियोजन गरिएको अन्तरसरकारी वित्तीय हस्तान्तरण ०७७/७८ मा उल्लेख छ ।
जिल्लामा सबैभन्दा बढी भीमेश्वर नगरपालिकालाई सबै शीर्षकमा गरी ५६ करोड ५७ लाख विनियोजन गरिएको छ । जिरी नगरपालिकालाई ३० करोड ५४ लाख रकम विनियोजन गरिएको छ । ७ गाउँपालिकामध्ये सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकालाई ३८ करोड ४० लाख विनियोजन गरिएको छ भने सबैभन्दा कम विगू गाउँपालिकालाई २८ करोड ४५ लाख रूपैयाँ छुट्याइएको छ । त्यस्तै शैलुङ गाउँपालिकालाई ३४ करोड ९४ लाख, मेलुङ गाउँपालिकालाई ३४ करोड ४६ लाख र तामाकोशी गाउँपालिकाले ३२ करोड ८९ लाख विनियोजना गरिएको छ। यसैगरि वैतेश्वर गाउँपालिकालाई ३२ करोड २७ लाख र गौरीशंकर गाउँपालिकालाई २९ करोड ७८ लाख बजेट छुट्याइएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया