एमाले सांसद रायमाझीले लगाए एयरपोर्टमै आगो
काठमाडौं : संघीय सांसद अमर रायमाझीले नेपालको प्रमुख विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लगाएका छन् । उदयपुरको क्षेत्र नम्बर २ बाट निर्वाचत सांसद रायमाझीले अत्यन्त संवेदनशील रहेको एयरपोर्ट क्षेत्रमा आगो लगाउँदा अन्तर्राष्ट्रिय उडान नै बन्द भएको थियो ।
सांसद रायमाझीले गत सोमबार बेलुका अन्दाजी ७ः३० बजेतिर एयरपोर्टकै क्षेत्रमा रहेको गल्फ क्लबको साइडमा आगो लगाउँदा एयरपोर्ट नै बन्द गरी दमकल बोलाएर आगो निभाइएको थियो । सांसद रायमाझीले सञ्चालन गरेको ‘नयाँ नेपाल प्रालि’ नामक कम्पनीले एयरपोर्टभित्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको र त्यो फोहोर एयरपोर्टबाट निकालेर महानगरलाई जिम्मा लगाई फाल्ने गरिएकोमा उनले केही दिनदेखि महानगरलाई फोहोर नदिई राखेका थिए ।
सांसद रायमाझीको कम्पनीले जिम्मा लिएको एयरपोर्टको फोहोर संकलन गरेर महानगरमार्फत ‘डम्पिङ साइड’मा फाल्दा महानगरलाई फोहोर फालेबापतको पैसा नदिनको लागि उनले संकलन भएको फोहोर विमानस्थलमा नै आयो लगाएर नष्ट गर्ने प्रयास गरेपछि आगोको मुस्लोको कारण विमानस्थल नै बन्द गर्नुपरेपछि दमकलद्वारा आगो निभाइएको थियो ।
एयरपोर्टजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा सामान्य नागरिकले केही संवेदनशील शब्द बोल्दा समेत लगेर जेल कोच्ने प्रशासनले सांसद रायमाझीको कम्पनीलाई कुनै पनि कारबाही नगर्नु आफैँका रहस्यमय छ । संघीय सांसदजस्तो महत्वपूर्ण पदमा पुगेका व्यक्तिले नै पैसा नर्तिनलाई गरेको यो तिकडमलाई नेताहरू पैसाको लागि कतिसम्म गर्ने गर्छन् भन्ने भनाइ पुष्टि हुन्छ ।
एयरपोर्टभित्रै आगो लगाएर एयरपोर्ट नै बन्द गर्नुपरेको विषयमा आर्थिक दैनिकले राखेको जिज्ञासामा सांसद रायमाझीले सो कम्पनी आफ्नो नभएको र आफूले एयरपोर्टभित्रको फोहोर व्यवस्थापनसम्बन्धी कुनै पनि कार्य गर्ने नगरेको बताए ।
क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
- नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुस लिएको तथ्य फेला !
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण
- कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
- जुवाको खालबाट २२ जना पक्राउ
- संसदमा गतिरोध हटाउन प्रतिपक्ष दल र सत्तापक्ष दलका नेताहरु छलफलमा,रास्वपा भने ‘अनुपस्थित’
- अपदस्त राजा ज्ञानेन्द्र बैंकक प्रस्थान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया