सीआईबीमा ज्ञवाली पदस्थापन हुनेबित्तिकै आरजु देउवा दिल्ली प्रस्थान
काठमाडौं, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती सांसद डा. आरजु राणा देउवा शनिबार अकस्मात भारतको राजधानी नयाँदिल्ली प्रस्तान गरेकी छन् । उनी भिस्तारा एयरलायन्सको जहाजबाट दिल्ली गएकी हुन् ।यसअघि उनी गत फागुन १७ गते नेपाल एयरलायन्सको नियमित उडानबाट दिल्ली गएर २२ गते स्वदेश फर्किएकी थिइन् । अकस्मात दिल्ली प्रस्थान गर्नुअघि उनले बाँदरको बन्ध्याकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन आइतबार दिल्ली जानलागेका सांसदको टोलीलाई शुक्रबार नै बिदाइ गरेकी थिइन् । तर, उनले दिल्ली जान बिदाइ गरेका सांसदहरू दिल्ली जानुअघि नै आफैँ अकस्मात दिल्ली उडेर सबैलाई चकित पारेकी छन् । विगत लामो समयदेखि उनको दिल्लीमा स्वास्थ्यउपचार हुँदै आएको छ । उनी दिल्ली उड्नुअघि मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाएर श्यालाल ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्वेवारी दिएको छ ।
तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको मिलेमतोमा आईजीपी वसन्तबहादुर कुँवर समेतलाई बाइपास गरेर असार ९ गते देउवापत्नी डा. आरजु राणा र पूर्वगृहमन्त्री कृष्ण सिटौलालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न आदेश भएको थियो । संयोगवश उनीहरू पक्राउ पर्नबाट जोगिएका थिए । त्यसपछि देउवा दम्पतीको दबाबमा प्रहरी प्रधान कार्यालयको कार्यविभागमा थन्(क्याइएको थियो । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सीआईबी प्रमुख बनाएलगत्तै नेतृ आरजु देउवा दिल्ली प्रस्थान गर्नुलाई अनौठो संयोग मानिएको छ ।
तत्कालीन गृहमन्त्री श्रेष्ठले ज्ञवाली उपत्यका प्रहरीप्रमुख हुँदा उनलाई समानान्तर आईजीपीको रूपमा दुरूपयोग गरेका थिए र आईजीपी कुँवरलाई हेडक्वार्टरको थापना बनाएका थिए । अहिले त्यही आईजी सचिवालयअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख बनाएर सरकारले ज्ञवालीलाई पठाएपछि उनीहरूबीच समन्वय भएर काम हुने सम्भावना कम नै देखिन्छ । एआईजी ज्ञवाली आफ्नो मिसनमा दृढ प्रहरी मानिन्छन् । हेडक्वार्टरको कुनामा लगेर थन्क्याइएका ज्ञवाली अकस्मात शक्तिमा फर्किँदा आईजीपी कुँवर र देउवापत्नी राणालाई त्यति सहज हुन सकेको छैन ।
क्याटेगोरी : बिबिध, बिशेष, समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया