बैंक अफ इङ्गल्याण्डले पाँचौं पटक ब्याजदर स्थिर राख्यो
बेलायत । बैंक अफ इङ्गल्याण्डको दर निर्धारण निकाय मौद्रिक नीति समिति (एमपीसी)ले लगातार पाँचौँ पटक ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । एमपीसीको आठ–एकको बहुमतले पाँच दशमलव २५ प्रतिशतमा ब्याजदर कायम राख्ने निर्णय गरेको हो । यो दर १६ वर्षयताकै उच्च हो ।
बैंक अफ इङ्गल्याण्डका गभर्नर एन्ड्रयू बेलीले भने ‘हालका हप्ताहरुमा, हामीले मुद्रास्फीति घट्दै गएको थप प्रोेत्साहनजनक संकेतहरु देख्यौँ ।’ उनले अझै ब्याजदर घटाउन सक्ने विन्दुमा नरहेको बताएका छन् । उनले भने, ‘हामीले आज फेरि दरहरु पाँच दशमलव २५ प्रतिशतमा राखेका छौँ किनभने हामी निश्चित हुन आवश्यक छ कि मुद्रास्फीति हाम्रो दुई प्रतिशतमा फर्किनेछ र त्यहाँ रहन्छ ।’
गत महिना मुद्रास्फीतिको सीपीआई मापन तीन दशमलव चार प्रतिशतमा झरेको एक दिनपछि केन्द्रीय बैंकले यस्तो निर्णय गरेको हो । अर्थशास्त्रीहरुले तीन दशमलव पाँच प्रतिशतमा आउने अपेक्षा गरेका थिए ।
सेप्टेम्बरदेखि, बैंकदर पाच दशमलव २५ प्रतिशतमा राखिएको छ किनभने मुद्रास्फीति सुस्त भएको छ जसले गर्दा धितो राख्नेहरुलाई बोझ कम गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ
- राष्ट्रपतिद्वारा तीन विशिष्ठ व्यक्तित्व सम्मानित
- के माग दावी गरिएको छ केदार कार्कीको रिटमा ?
- सरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति
- एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
- हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
- गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया