बैतेश्वरमा ८५ प्रतिशत योजना सम्झौता
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले करिब ८५ प्रतिशत योजना सम्झौता गरिसकेको जनाएको छ । हालसम्म सम्झौता भएका योजनाहरू धमाधम कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाको योजना शाखाले जनाएको छ ।
गाउँपालिकाले चालू वर्ष उपभोक्ता समितिमार्फत एक सय ७२ र टेन्डरमार्फत १४ वटा योजना गरी एक सय ८६ योजना वितरण गरेको थियो । चालू वर्षको फागुन मसान्तसम्म २७ वटा योजनाको भुक्तानी भएको छ । यस्तै, ३४ वटा योजना भने अझै सम्झौता हुन नसकेको रोजगार सेवा केन्द्र तथा योजना शाखाका प्रमुख वासुदेव दाहालले बताए । गाउँपालिकाले पूर्वाधार विकासतर्फ सडक, गोरेटो बाटो, गुम्बा, मठमन्दिर, खानेपानी, सिँचाइ, स्वास्थ्य, भवन निर्माण, कृषि संकलन केन्द्र निर्माणलगायतका योजना रहेका थिए । त्यस्तै, विद्यालय शैक्षिक प्रोत्साहन कार्यक्रम, कृषक अनुदान, व्यावसायिक खेती प्रवद्र्धन, मुख्य ग्रामीण सडक ढलान तथा भैपरी तथा विपद् व्यवस्थापनतर्फका योजना रहेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २३ वटा योजनाको सम्झौतापश्चात काम समेत सम्पन्न भई भुक्तानीको चरणमा रहेको पालिकाले जनाएको छ ।
यसैगरी गाउँपालिकाले ठेक्कामार्फत १४ वटा योजना लगाएतको थियो । ठेक्कातर्फका सबै योजना सम्झौता भई नौ वटाको काम समेत सम्पन्न भएको छ । एक विद्यालय र चार वटा सडकको काम भने चलिरहेको गाउँपालिका सब–इन्जिनियर विश्वास घिमिरेले बताए । गाउँपालिकाले एक खानेपानी योजना, एक विद्यालय भवन निर्माण र १२ वटा सडकको ठेक्का लगाएको थियो । सोमध्ये एक खानेपानी योजनासहित आठ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम सकिएको छ । त्यसैगरी ३४ वटा योजना अझै सम्झौता हुन बाँकी रहेको छ । सम्झौता हुन बाँकी रहेका योजनाहरूमा वडा नम्बर–१ मा नौ वटा, वडा नम्बर–२ मा चार वटा, वडा नम्बर–३ र ७ मा पाँच वटा, वडा नम्बर–४ मा दुई वटा, वडा नम्बर–६ र ८ मा तीन वटा योजना रहेका छन् । सम्झौता हुन बाँकी रहेका अधिकांश योजना आन्तरिक स्रोत तथा वित्तीय समानीकरण अनुदानतर्फ रहेको छ ।
गाउँपालिकाका अनुसार हालसम्म ठेक्काबाहेकका पुँजीगततर्फका १५ प्रतिशत योजनाको मात्रै भुक्तानी भएको छ । हिउँदे गाउँसभाले संशोधन भएर आएका योजनाको निर्माण नसकिएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनाको समय पूरा नभएको कारण कम भुक्तानी भएको पालिकाले जनाएको छ । यस्तै, राजस्व बाँडफाँट र समानीकरणको अनुदान भुक्तानी नहुँदा निर्माण सकिएका कतिपय योजनाको भुक्तानी दिन नसकिएको बैतेश्वर गाउँपालिका सहायक लेखा अधिकृत उत्तम दाहालले बताए । नेपाल सरकारको वित्तीय समानीकरण अनुदानको रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)ले भुक्तानी नपठाउँदा भुक्तानी कम भएको उनले जानकारी दिए । ठेक्कामार्फत निर्माण भएका योजनाको पनि माथिल्लो निकायबाट भुक्तानी दिन ढिलाइ हुँदा निर्माण सकिएका धेरै सडक योजनाको फाइनल बिल भुक्तानी गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया