चीनमा दिगो विकास प्रवद्र्धनका लागि छलफल
बेइजिङ । चीन र विश्व समुदायबीच दिगो विकासका लागि वार्ता र सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित चीनको बेइजिङमा दुईदिने अन्तर्राष्ट्रिय मञ्च सुरु भएको छ । आइतबार सुरु भएको सो मञ्च सोमबार समापन हुनेछ । मञ्चमा विश्व बैंक, अन्तर्राट्रिय मुद्रा कोष (आईएमएफ)का शीर्ष नेताहरु, शीर्ष कर्पोरेट अधिकारीहरु र प्रमुख विद्वानहरुसहित एक सय १० भन्दा बढीको सहभागिता छ । जहाँ ‘चीनको निरन्तर विकास’ भन्ने विषयमा छलफल भएको छ ।
कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली छ्याङले समष्टि आर्थिक नीति, सहरीकरण, औद्योगिक स्तरोन्नति र हरित संक्रमण समावेशी व्यापक दृष्टिकोणबाट विश्वभरका लगानीकर्ताका लागि चीन अवसर भएको बताए । राष्ट्रिय विकास तथा सुधार आयोगका प्रमुख झेङ सान्जीले चीनले उद्योग, कृषि, शिक्षा, यातायात, निर्माण, संस्कृति, पर्यटन र स्वास्थ्य सेवागरी सातवटा क्षेत्रमा उपकरण स्तरोन्नति गर्ने योजना बनाइरहेको बताए । त्यसका लागि पाँच ट्रिलियन युआन (सात सय बिलियन अमेरिकी डलर) बढीको बजार सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पाल्पाका आग्नीपीडित परिवारलाई राहत
- रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ
- राष्ट्रपतिद्वारा तीन विशिष्ठ व्यक्तित्व सम्मानित
- के माग दावी गरिएको छ केदार कार्कीको रिटमा ?
- सरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति
- एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
- हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया