चाँदीको गरगहनासहित एक व्यक्ति प्रहरी नियन्त्रणमा
मोरङ । आठ लाख ७४ हजार ५५२ रुपियाँ बराबरको चाँदीको तयारी गरगहनासहित मोरङको बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार खत्रीले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । खत्रीलाई १७ केजी नौ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बरामद मोटरसाइकल तथा चाँदीको गरगहनासहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सहप्रवक्ता थापाले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, सुरक्षा अपराध
ताजा अपडेट
- डीएसपी थापा कतै जवाफदेही हुनुपर्दैन ?
- वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
- आज दिउँसो देशभर आंशिक बदली हुने
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया