स्वालम्वन लघुवित्तको तेस्रो त्रैमासिक नाफा ११ करोड ८६ लाख
काठमाडौं, स्वालम्बन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ८६ लाख २० हजार छ सय २९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले १२ करोड दुई लाख ४४ हजार सात सय ८९ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।हाल चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा १३ अर्ब ७१ करोड २९ लाख ८९ हजार आठ सय २४ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १८ करोड १० लाख चार हजार सात सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब दुई करोड २७ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा भने १५ करोड ५७ लाख १८ हजार नौ सय ८५ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ३७ प्रतिशत रहेको छ ।गत आवको सोही अवधिमा भने संस्थाले १२ अर्ब ८० करोड ५७ लाख ७१ हजार नौ सय ९७ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब २९ करोड ३५ लाख ५८ हजार दुई सय १९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब चार करोड ६५ लाख ३५ हजार एक सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा १२ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
- नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुस लिएको तथ्य फेला !
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण
- कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
- जुवाको खालबाट २२ जना पक्राउ
- संसदमा गतिरोध हटाउन प्रतिपक्ष दल र सत्तापक्ष दलका नेताहरु छलफलमा,रास्वपा भने ‘अनुपस्थित’
- अपदस्त राजा ज्ञानेन्द्र बैंकक प्रस्थान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया