भारतमा व्यापारीहरुले थाले चिनियाँ वस्तु बहिष्कारको अभियान
नयाँ दिल्ली, जेठ २९
भारतीय व्यापारीहरुले चीन र भारतबीच पछिल्लो समय चर्किएको सीमा विवादसँगै चिनियाँ वस्तु बहिष्कार अभियान थालेका छन् । भारतीय मिडियाहरुका अनुसार परम्परागत रुपले खुद्रा कारोबार गर्दै आएका व्यापारीहरुको मञ्च कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (क्याट)ले बुधबार चिनियाँ वस्तु बहिष्कार गर्ने घोषणा गरेको हो । उनीहरुले भारतीय सामान हाम्रो अभिमान नारासहित राष्ट्रिय अभियान सुरु गरेको नवभारत टाइम्सले जनाएको छ । यो संगठनमा आबद्ध व्यापारीहरुले सन् २०२१ को डिसेम्बरसम्म चीनमा बनेका वस्तु भारत आयातमा १ खर्ब भारु कम गर्ने लक्ष्य राखेका छन् । यो संगठनले प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको आत्मनिर्भर भारतलाई सफल बनाउन यो कदम उपयोगी हुने जनाएको छ ।
संगठनका महासचिव प्रवीण खन्डेवालले दिल्लीमा एक भिडियो सम्मेलनमा यो अभियानको पहिलो चरणमा चीनमा बनेका ३ हजार वस्तुको सूची नै बनाइसकेको छ । जुन वस्तु हाल भारतमा आयात हुने गरेको छ । यी वस्तुहरु भारतमा समेत लामो समययता उत्पादन हुँदै आएका छन् । अभियान सफल पार्न संगठनले भारतीय व्यापारी र उपभोक्तालाई चेतना जागृत पार्ने बताएको छ । पहिलो चरणमा चीनबाट आयात हुने तयारी वस्तुको बहिष्कार गरिने निर्णय लिइएको हो । भारतले वर्षेनी चीनबाट ७० अर्ब अमेरिकी डलरको वस्तु आयात गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया