नबिल बैंकका सञ्चालक तथा कर्मचारीहरूद्वारा कोभिड–१९ विरुद्ध योगदान
काठमाडौं, जेठ ३०
नबिल बैंकले कोरोना भाइरस (कोभिड १९) बिरुद्ध लड्न सहयोग गरेको छ । बैंकले कोभिड–१९ को रोकथाम र उपचारको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर गरिरहेको छ । यसका बाबजुुद पभन बैंकका सञ्चालक तथा कर्मचारीहरूले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८ सय ६७ रूपैयाँ १५ पैसा योगदान गरेका हुुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मन्त्री भानुभक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल, सञ्चालक उपेन्द्रप्रसाद पौड्याल र मानव संसाधन प्रमुख रोशन कोइरालालगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कोराना भाइरस महामारीविरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका सञ्चालक तथा कर्मचारीहरूले कोरानाभाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको बैंकले प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताएका छन् । सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारीविरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्ने सञ्चालक समिति सदस्य र बैंकका कर्मचारीहरूलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय तथा प्रादेशिक सरकारहरूलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत दिएको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो अवधिमा तीन अर्ब १५ करोड ८६ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब १९ करोड १० लाख ७० हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब नौ करोड ७४ लाख ९७ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ७१ अर्ब दुुई करोड ४३ लाख २८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ अर्ब ३९ करोड आठ लाख ९८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ३७ करोड पाँच लाख १२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा एक खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ५० करोड दुुई लाख ४३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ४१ करोड ९४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया