सानिमा बैंकद्वारा अपाङ्गमैत्री वेबसाइट सञ्चालन
काठमाडौं, असार ८
सानिमा बैंकले अपाङ्गमैत्री वेबसाइट सञ्चालनमा ल्याएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक यस्तो वेबसाइट सञ्चालनमा ल्याएको दाबी गरेको छ । विगत १५ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको सानिमाले नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेबसाइटको सुरुवात गरेको हो । यो वेबसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिहरूको लागि उपयोगी हुने बैंकले जानकारी दिएको छ ।
वेबसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरू जस्तैः वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरूलाई पनि अनलाइनबाट आफ्नो बैंकको सेवासम्बन्धी जानकारी तथा बैंकिङ पहुँच पु-याउने प्रयास गरेको छ । यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेबसाइट डब्लूडब्लूडब्लू सानिमा बैंक डटकममा गई दायाँको डिसएबिलिटी फ्रेण्ड्ली आइकन क्लिक गरी मेनुमा गई आफूलाई चाहिएको सुविधाअनुसारको अप्सन बटनमा क्लिक गरी वेबसाइटको प्रयोग गर्न सकिनेछ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध रहेको बैंकले जनाएको छ । समयक्रमसँगै अन्य अपाङ्गतामैत्री सेवा सुविधाहरू थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहजरूपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको छ ।
बैंकले हाल सातवटै प्रदेशमा गरी ७९ शाखा, सात वटा विस्तारित काउन्टर तथा ८१ एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६१ करोड ८७ लाख २२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५७ करोड ५३ लाख २३ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८१ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८० करोड ६५ लाख ८६ हजार रूपैयाँ निक्षेप संंकलन गरी ९२ अर्ब ११ करोड ९८ लाख ३८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब २४ करोड २७ लाख ६३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा ८९ अर्ब ३७ करोड ३७ लाख २९ हजार रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड ८८ लाख ६१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ९१ करोड ९८ लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया