हजमा सीमित व्यक्ति मात्र उपस्थित हुने भनाइ
रियाद, असार १०
साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यस पटक साउदी अरेबियाको सरकारले हजका लागि थोरै व्यक्तिलाई मात्र उपस्थित हुन दिने जनाएको छ ।
एएनआईका अनुसार आगामी जुलाई महिनाको अन्त्यतिर आउन लागेको सो हजमा कोरोना भाइरसको प्रकोप फैलिने खतराका कारण धेरै संख्यामा मानिस जम्मा हुन नदिने घोषणा गरेको मङ्गलबार अल जाजिरा मिडियाले जनाएको छ । साउदी अरेबियामा हरेक वर्ष विश्वका मुस्लिम समुदायका लाखौँ व्यक्ति उपस्थित हुने गरेको छन् । यस पटक पनि हजको समय नजिकिँदै गर्दा आएको विश्वव्यापी चासोपछि उक्त साउदी अरेबियाली सरकारले यस्तो जानकारी गराएको हो ।
साउदी अरेबियाको हज मन्त्रालयले सो कुराको जानकारी दिएको साउदी अरेबियाका सरकारी मिडियाले जानकारी दिएका अल जाजिराले मङगलबार जनाएको समाचारमा उल्लेख छ । अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढेको तर पनि त्यसको औषधि या खोप केही पनि नआएको अहिलेको अवस्थामा सामाजिक दुरी कायम गरेर मात्र हिँड्नु पर्ने अवस्था रहेको छ ।
तर साउदी अरेबियामा लाखौँको संख्यामा विश्वका मुस्लिम समुदायका नागरिक आउने गरेका र उनीहरुकाबीचमा यस्तो सामाजिक दुरी पनि कायम गर्न गाह्रो पर्ने भएकोले यहाँको सरकारले यस्तो निर्णय गरेको बताइएको छ । हज मुस्लिम समुदायको ठूलो तीर्थ मानिन्छ र मुस्लिम समुदायका विश्वका नागरिकहरु पनि कम्तीमा जीवनमा एक पटक हजका लागि त्यहाँ जानुपर्छ भन्ने मान्यता राख्दछन् । यसै कारणले पनि हरेक वर्ष साउदी अरेबियाको मक्कामा कम्तीमा पनि २० लाख मानिस उपस्थित हुने गर्दछन् ।
त्यस अवसरमा विश्वका विभिन्न देशबाट पनि मुस्लिम समुदायमा नागरिक त्यहाँ पुग्ने गर्दछन् । त्यसैले यति ठूलो संख्याका मानिस उपस्थित हुँदा त्यसबाट पनि कारोना भाइरस फैलिन सक्ने भन्दै साउदी अरेबियाको सरकारले सो नियम बनाएको बताएको छ । साउदी अरेबियामा पनि ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँ कम्तीमा पनि १ लाख ६० हजार मानिस यसका संक्रमित छन् । साथै यहाँका एक हजार ३०७ जना मानिसको यो संक्रमणबाट ज्यान गएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया