विदेशमा मृत्यु भएकामध्ये १ सय २६ नेपालीको उतै अन्त्येष्टि
काठमाडौं, असार १४
वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएकामध्ये केहीको उतै अन्त्येष्टि गरिएको छ भने केहीको शव नेपाल ल्याइएको छ । कोभिड १९ का कारण सिर्जना भएको पछिल्लो अवस्थाको कारण सरकारले शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टिको लागि आफन्तसँग अनुमति लिएर एक सय २६ जनाको शव विदेशमा नै अन्त्येष्टि गरेको हो । त्यस्तै ८७ जनाको शव स्वदेश ल्याइएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार १५ महिला र तीन सय १८ गरी जम्मा तीन सय ३३ जनाको शव विदेशमा छ । सोमध्ये पछिल्लो समय ८७ जनाको शव स्वदेश ल्याएको तथा एक सय २० जनाको शव स्वदेश ल्याउन बाँकी छ । मलेसियाबाट ३१, साउदी अरब र कतारबाट क्रमशः २०÷२०, संयुक्त अरब इमिरेट्स (यूएई)बाट ५, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट एक जनाको शव स्वदेश ल्याइएको छ ।
त्यसैगरी मलेसियाबाट २३, साउदी अरब ५९, कतारबाट ११, संयुक्त अरब इमिरट्स (युएई)बाट १४, कुवेतबाट ५, बहराइनबाट १ र अन्य अर्थात् जापान, सेसेल्स, टर्कीलगायतका मुलुकबाट ७ वटा शव ल्याउन बाँकी रहेको बोर्डले जनाएको छ ।
असुरक्षित कार्यस्थल, सुरक्षा सामग्रीको अभाव, स्वास्थ्य समस्या, झैँझगडा, आराममा कमी, स्वास्थ्य समस्यालगायतका कारण विदेशमा नेपालीहरुले ज्यान गुमाउने गरेका छन् । त्रिभुवन विमानस्थलका अनुसार चार्टर्ड उडानबाट शव स्वदेश ल्याइएको हो भने यसका लागि नेपाल एयरलायन्स, कतार एयरलायन्स, जजिरा एयरलगायतका विमान प्रयोग गरिएको थियो ।
कोरोना संक्रमणका कारण मृत्यु भएका शव स्वदेश ल्याइएको र त्रिभुवन विमानस्थलबाट नै आफन्तलाई शव प्रदान गरिएको मन्त्रालयका अधिकारीको भनाइ छ । ‘विमानस्थलमा आउनेको हकमा विमानस्थलबाट नै शव आफन्तको जिम्मा लगाइएको छ’, अधिकारीले भने, ‘अन्यको हकमा भने सम्बन्धित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ ।’ वैदेशिक रोजगार बोर्डले शव व्यवस्थापन गर्ने हुँदा सम्बन्धित क्षेत्रमा पु-याउने काम बोर्डमार्फत गरिएको छ ।
वैदेशिक रोजगारीको क्रममा चालू आर्थिका वर्षको वैशाखसम्म आठ सय चार जनाले विदेशमा ज्यान गुमाएका छन् । फागुनसम्म पाँच सय ८१ पुरुष र १६ महिला गरी पाँच सय ९७ जनाले ज्यान गुमाएका थिए । गत आवमा भने वैदेशिक रोजगारीमा गएकाहरुमध्ये सात सय ५४ जनाले विदेशमा ज्यान गुमाएका थिए । सरोकारवालाहरुका अनुसार वैदेशिक रोजगारी असुरक्षित हुँदा विदेश पुगेका नेपालीहरुले अकालमै ज्यान गुमाउनुपरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया