फ्रान्सका पूर्वप्रधानमन्त्री दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा
पेरिस, असार १६
फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले उहाँलाई दोषी ठहर गरेको हो । फिलोनकी पत्नी पेनेलोपले सार्वजनिक कोषको १० लाख युरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगसहित पेरिसको एक अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो ।
यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा अन्य प्रतिद्वन्द्वीभन्दा निकै अब्बल उम्मेदवारी रहेको मानिएका अर्थात् निर्वाचनमा विजयको बलियो सम्भावना बोकेका फिलोनले अभियानबाट पछाडि हटेका थिए । अदालतले पूर्व प्रधानमन्त्री फिलोनलाई पाँच र पेनिलपलाई तीन वर्ष जेल सजायसहित दुवै जनालाई तीन लाख ७५ हजार युरो जरिवाना तोकेको छ । साथै गैरकानुनीरूपमा लिएको उक्त दश लाख युरो राष्ट्रिय सभालाई फिर्ता गर्न निर्देशन पनि अदालतले गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया