पछिल्लो समय नेपाल र भारतबीचको सीमाविवाद चलिरहेको छ । लामो समयदेखि नै सुसुप्त अवस्थामा रहेको यो विवाद सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सतहमा आएको हो । नेपाल र भारतबीचको सीमाविवाद सतहमा आएपछि चीनसँग पनि नेपालको सीमाविवाद रहेको समाचार प्रकाशनमा आएका छन् । लामो समयसम्म नापी विभागमा जागिर खाएर अवकास पाएपछि त्यसैलाई विज्ञताको व्यावसायिक लेप लगाएर बसेका व्यक्तिहरू सूत्र बनाएर समाचार सार्वजनिक भएपछि सरकारले चीनसँग कुनै सीमा नाविवाद नरहेको भनी वक्तव्य पनि जारी गरेको छ ।
नेपालको सीमा एकताका सगरमाथाभन्दा पर टिङ्कर मैदानसम्म थियो । पञ्चायत व्यवस्था टिकाउन त्यतिबेलाका शासकहरूले सगरमाथाको पानीढलोलाई सीमा कायम गरेका हुन् । पुरानो नेपालको नक्साको प्रसङ्गलाई छाडिदिने हो भने पनि नेपाल र चीनबीचको सीमाको बारेमा के–कस्तो अवस्थामा छ भनेर रिर्पोट पेस गर्न सरकारले २०७० सालमा एउटा सर्वे टोली गठन गरेको थियो । त्यो टोलीमा २५ जना सदस्य थिए । सो टोलीले २०७२ साल साउन ५ गते अर्थात् २१ जुलाई सन् २०१५ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले अहिलेसम्म त्यसलाई सार्वजनिक गर्न आवश्यक ठानेको छैन र सार्वजनिक गरेको पनि छैन ।
तर, अहिले चीनसँग पनि नेपालको सीमाविवाद छ, चीनले पनि नेपालको सिमाना मिचेको छ भनेर सार्वजनिकरूपमा प्रचार भइसकेपछि सरकारले चीनले सीमा मिचेको छैन, चीनसँग सीमासम्बन्धी कुनै विवाद छैन भनी प्रकाशित समाचारको ओठे जवाफ दिएर खण्डन गर्नुभन्दा पनि अहिलेसम्म सार्वजनिक नगरिएको त्यो सर्वे रिर्पोट सार्वजनिक गरिदिए दूधको दुध र पानीको पानी भनेजस्तो हुनेछ । यसरी वक्तव्यबाजी गरेर हल्लाखल्ला गरी रहनुपर्ने छैन । त्यति मात्र होइन, सरकारले चीनसँग कुनै सीमाविवाद छैन भनी वक्तव्य जारी गर्दा पनि जनताको मनको एउटा कुनामा आशंकाले डेरा जमाइरहेको छ । तसर्थ जनमनको त्यो आशंका सजिलै हटाउन सकिने एउटै मात्र उपाय त्यो सर्वे रिर्पोट सार्वजनिक गर्नु हो । त्यो रिर्पोट सरकारले जस्ताको तस्तै सार्वजनिक गरिदिने हो भने को कति पानीमा छ र को सही छ भनेर जनताले सजिलै छुट्ट्याउन सक्नेछन् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया