सलहले गरेको नोक्सान पूर्तिका लागि किसानलाई राहत उपलब्ध गराउन माग
काठमाडौं असार १९
सलह कीराले नेपाली किसानको खेतीबाली नोक्सानी गरेको भन्दै फोर एच नेपालले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेको छ । फोर एच नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सलह कीरा नियन्त्रणका लागि प्रयाप्त समय हुँदाहुँदै पनि प्रभावकारी कदम नचाल्दा किसानले ठूलो नोक्सानी व्यहोर्नु गरेको उल्लेख गरेको छ ।
सलह कीरा नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत जेठ १३ गते गठित सलह कीरा नियन्त्रणसम्बन्धी प्राविधिक कार्यदलले दिएको सुझाव नमानेर उल्टै नेपालमा मनसुन भएकाले नेपालमा कम प्रभाव पर्ने सरकारी आँकलनको कारण सलह कीराले ठूलो क्षति तथा नोक्सानी गरेकोे फोर एच नेपालले दाबी गरेको छ । फोर एच नेपालले असार १५ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह कीराको पहिचान तथा व्यवस्थापन जानकारी अधुरो, अपूर्ण र अव्यावहारिक रहेको उल्लेख गरेको छ । साथै, तयारीका लागि प्रशस्त समय हुँदाहुँदै पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तर्मन्त्रालय समन्वय तथा स्थानीय निकायसँगको सहकार्यमा चुकेको जनाएको छ ।
फोर एच नेपालका अध्यक्ष लोक राज अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सलह कीराले गरेको क्षति तथा नोक्सानको एकिनका लागि विज्ञसहितको सर्वपक्षीय समिति गठन गर्न माग समेत गरिएको छ । सँगै, किसानलाई तोकिएको अग्रिम मूल्यअनुसार तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न र बैकल्पिक खेतीका लागि किसानलाई आवश्यक प्रविधि, मल, बीउबीजन उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरिएको छ । किसानलाई सलह नियन्त्रणका लागि पम्परागत विधिहरु अपनाई स्थानीय स्रोतसाधनको बढीभन्दा बढी उपयोग गर्न तथा सामूहिक रुपमा सलह कीरा नियन्त्रणका लागि सहकार्यका लागि किसानहरुलाई अनुरोध गरिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया