म्यान्मारमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो
म्यान्मार, असार १९
म्यान्मारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय १३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो ।
तर पछि पहिरो गएको स्थलबाट थप शवहरु निकालिएको छ । सूचना मन्त्रालयले बिहीबार बिहानको सो पहिरोमा परी ज्यान जानेको संख्या बढेर ११३ पुगेको जानकारी गराएको हो । कचिन राज्यको हपाकांत टाउनशिपस्थित गाउँमा रहेको जेड खानी क्षेत्रमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको बताइएको थियो ।
पहिरो आइएको समयमा सो खानीमा ठूलो संख्याका कमदारहरुले काम गरिरहेका थिए । कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशंका गरिएको छ । सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धारको काम जारी नै रहेको बताएको छ । उद्धारकर्मीहरुले सो स्थलमा अरु पनि व्यक्तिहरु पुरिएको हुनसक्ने जनाएका छन् ।
प्रहरीले भने यस विषयमा थप जानकारी आउन बाँकी नै रहेको जनाएको छ । अधिकारीहरुले सन् २०१६ को नोभेम्बरमा पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन् । केही दिन यतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ । वर्षापछि आएको पहिरोमा सो गाउँका वासिन्दा पनि परेको अनुमान गरिएको छ । त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया