रियो दि जेनेरियो, असार २२
ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने निमयको कार्यान्वयनमा कडाइ नगरिने भएको छ । राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् । यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ ।
चर्च, पसललगायतका ठाउँमा जाँदा वा रहदाँ मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, ‘व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जादा वा रहदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था हटाइएको छ ।’
उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था संविधानविपरीत भएको समेत उल्लेख गरेका छन् । राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यसअघि हरेक सार्वजनिक क्षेत्रमा सम्बन्धित अधिकारीहरुले मास्क उपलब्ध गराउनुपर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरुको सम्बन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनुपर्ने व्यवस्था स्वतः हटेको छ ।
ब्राजिलमा आइतबारसम्ममा कोरोनाभाइरसबाट संक्रमितको कुल संख्या १५ लाखभन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३८ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् । त्यसैगरी ब्राजिलमा एकै दिनमा झण्डै एक हजार जनाको कोरोनाभाइरसका कारण मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा संक्रमितहरुको संख्या ३७ हजार ९ सय २३ रहेको र मृत्यु भएकाहरुको संख्या एक हजार ९१ रहेको जनाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया