अकूत सम्पत्ति कमाएको अभियोगमा सडकका यादवविरुद्ध मुद्दा
काठमाडौं, असार २३
अख्तियार दुरूपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवको वैधभन्दा अवैध आय बढिरहेको पाइएको अख्तियारले सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । आयोगका अनुसार यादव २०३६ मंसिर २ गते सुनसरी–मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । आयोगले जारी गरेको विज्ञप्तिअनुसार यादवले २०७४ फागुनसम्म दुर्गम तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत एक करोड दुई लाख ७४ हजार ७ साय ३९ रुपैयाँ मात्र आम्दानी गरेका छन् ।
यादवले अवैध तरिकाले कमाएको धन श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको अख्तियारको दाबी छ । आयोगको अनुसन्धानमा यादवको एक करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँ बराबरको आय अवैध रहेको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ को सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध १५ लाख ५७ हजार ९ सय ८२ रुपैयाँबराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया