काठमाडौं, असार २५
सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयर प्रालिबीच बिलिङ तथा भुक्तानी सम्झौता भएको छ । बैंकले आईएमएससँग बिलिङ तथा भुक्तानीसम्बन्धी सम्झौता गरेको हो । सम्झौतामा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएसका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंक र आईएमएस विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ सेवाहरू विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।
डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्यूआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ । यसै गरी आईएमएसले विभिन्न उत्पादन र सेवाहरूमार्फत आफ्ना ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको छ । तसर्थ यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहक हरूलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया