महालक्ष्मी लाइफद्वारा जरिवाना शुल्कमा शत प्रतिशत छुट
काठमाडौं, असार २९
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जरिवाना शुल्कमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले असार मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भएबापत लाग्ने जरिवाना शुल्कमा शत प्रतिशत छुट दिने घोषणा गरेको हो । कम्पनीका अनुसार कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै उक्त छुटको घोषणा गरिएको हो ।
कम्पनीका अनुसार सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोमा सोही अवधि देखिएको असार ३१ गतेसम्मको विलम्ब शुल्कमा छुट दिने निर्णय गरिएको हो । कम्पनीले यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ–आफ्नो बीमालेख सक्रिय गराई अवसरको फाइदा लिन आफूसँग आबद्ध सबै बीमितहरूलाई आग्रह गरेको छ ।
हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा छ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड २२ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया