सरकारले दिनैपिच्छे नेपालमा कोरोनाको संक्रमण समूहमा प्रवेश गरेको छैन भनी जोडदारका साथ कुरा गरिरहेको छ । तर विभिन्न सामाचार विवरणहरूले भने त्यसको उल्टो नतिजा देखाइरहेको छ । पछिल्ला केही दिन कल्पनासमेत नगरिएका ठाउँ र व्यक्तिमा कोरोना संक्रमण धमाधम खेखिइरहेका छन् । यता तिनको सम्पर्क हेरियो भने त्यस्तो कुनै अस्वाभाविक लाग्दैन ।
कहीँकतै शंकास्पद ठाउँमा नगएका उनीहरूमा संक्रमण देखिएको छ । यो पनि कुनै एक ठाउँमा नभएर पहाड र तराई सबैतिर यही अवस्था छ । वीरगञ्जमा भर्खर त्यस्तो देखियो भने यसअघि दैलेखको ठाडी गाउँपालिकामा पनि त्यस्तै भएको थियो । ७० जनामा परीक्षण गरिएकोमा १७ जनालाई संक्रमण भेटिनु र तिनीहरू बाहिर कतै गएको नपाइनु डरलाग्दो विषय हो ।
पछिल्लो समय त विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोभिड १९ रोग संक्रमण समूहमा गएको बताएको छ । उसले जे–जे बताएको छ उसकै अनुसार यो भनेको समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो । तर सरकार भने त्यसलाई मान्न तयार छैन । सरकार संक्रमण फैलिएको किन मानिरहेको छैन भन्ने आम तहमा नै प्रश्न खडा भएको छ । विज्ञहरूले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएको पाइन्छ । यतिबेला सरकार र समुदायले सकारात्मक भूमिका खेलेन भने भारतजस्तो अवस्थामा जानेछौं । अहिले हामीकहाँ कम्युनिटी ट्रान्समिसन छैन भनेर ठोकुवा गर्ने आधार छैन ।
हालका घटनाहरूले समुदायमा संक्रमणतर्फ संकेत गरिरहेकाले थप सतर्कतासँगै अध्ययन अनुसन्धान आवश्यक छ । यसमा सरकारचाहिँ किन त्यस्तो सत्य मानिरहेको छैन भन्ने प्रश्नमा पूर्वतयारीबिना गरेका निर्णयले हच्किएका हुन भन्ने विज्ञहरूले बताइरहेको अवस्था छ । सरकार यस्तो अवस्थामा पनि एसियाका देशभन्दा आफू नियन्त्रणका सन्दर्भमा सबैभन्दा उच्च ठाउँमा रहेकोमा भाषण छाँटिरहेको छ । त्यसै भएर होला समुदाय प्रवेशलाई उसले मान्न नसकिरहेको अवस्था । संक्रमणको अवस्था अन्य देशको भन्दा कम हुनु राम्रो हो तर त्यो यथार्थपरक हुनुपर्छ ।
सरकारले लिएको यस्तो ढिपीले अन्त्यतः नागरिकका लागि झनै घातक बन्नसक्छ । फैलिएको र रोकिएको भन्ने सानो जानकारीले मात्रै पनि सतर्कतामा ठूलो अन्तर ल्याउँछ । सरकारले अहिलेसम्म मुलुकमा कोरोना संक्रमणको स्तर र समुदायमा अवस्था हेर्ने ‘सेरो प्रिभिलेन्स सर्भे’ गरेको छैन भन्ने आरोप छ । यो पनि अवस्था लुकाउन खोजेको जस्तो देखिन्छ । यो भनेको पनि सत्यलाई स्वीकार्न नखोज्नु हो ।
जब सरकार नै सत्यलाई स्वीकार्दैन भने त्यसपछिको अवस्था भयावह हुने अन्तर्राट्रिय अभ्यासले बुझाउँछ । यतिबेला दक्षिण र पूर्वी एसियामा नेपालजस्तै समूहमा संक्रमण भएका मुलुकमा भारत, थाइल्यान्ड, मालदिभ्स, श्रीलङ्का र म्यानमार रहेका छन् । तर नेपाल यी देशमध्ये कम संक्रमित रहेको देशमा पर्छ । तर सवाल हो, वस्तुस्थिति पनि जस्ताको तस्तै आउनुपर्छ । सरकार व्यवस्थापनमा धेरै ठाउँमा चुकेको छ । त्यही चुकाइका कारण आफू बदनामी हुने डरबाट प्रधावित भएर सूचना यताउता गर्न खोजेको हो भने त्यसले गम्भीर असर पार्नेछ । यसतर्फ पनि ध्यान जान आवश्यक छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया