भारतमा कोभिड १९ संंक्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो
नयाँ दिल्ली, साउन १६
भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १ सय २३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७ सय ७५ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ९ सय ६८ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस संक्रमित मध्ये १० लाख २० हजार ५ सय २८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख २८ हजार २४२ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।
भारतको महाराष्ट्र सबैभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यको रुपमा रहेको छ । महाराष्ट्रमा बुधबार एकै दिनमा नौ हजार २ सय ११ व्यक्ति थप संक्रमित भएका छन् भने एकै दिनमा २ सय ९८ जनाको मृत्यु भएको छ । महाराष्टमा कुल चार लाख ६५१ जना संक्रमित अवस्थामा रहेका छन् भने दुई लाख ७ सय ५५ जना निको भएर घर फर्किएका छन् । हाल महाराष्ट्रमा एक लाख ४६ हजार १ सय २९ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने । कोरोना संक्रमणको कारण हालसम्म १४ हजार ४ सय ६३ व्यक्तिको मृत्यु भइसकेको छ । (रासस/एएनआइ)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया