उद्योग क्षेत्रमा चिनियाँ र यूएईका लगानीकर्ता झुम्मिए
काठमाडौं, साउन १८
नेपालको उद्योग क्षेत्रमा चिनियाँ र संयुक्त अरब इमिरेट्स (यूएई) लगानीकर्ता झुम्मिएका छन् । उक्त क्षेत्रमा लगानी गर्न आएका विदेशी लगानीकर्तामध्ये गत आर्थिक वर्ष (२०७६/०७७) मा सबैभन्दा धेरै लगानी प्रतिबद्धता चिनियाँ र यूएईका लगानीकर्ताहरुले गरेका हुन् । उद्योग विभागका अनुसार गत आवमा १७ मुलुकका लगानीकर्ताहरु नेपालको उद्योग क्षेत्रमा लगानी गर्न आएका थिए जसमध्ये चिनियाँ र यूएईका लगानीकर्ताहरुले मात्रै करिब ४८ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
विभागका प्रवक्ता विनोद खड्काका अनुसार विदेशी लगानीकर्ताहरुले उद्योगमा गरिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मार्फत चिनियाँ लगानीकर्ताहरुले एक सय ७७ वटा उद्योगका लागि २६ अर्ब २२ करोड १७ लाख तथा यूएईका लगानीकर्ताले पाँच वटा उद्योगका लागि २२ अर्ब ४६ करोड १७ लाख लगानी प्रतिबद्धता जनाएका हुन् । एफडीआई कृषिजन्य, उत्पादनमूलक, सूचना सञ्चार तथा प्रविधि, ऊर्जा, खनिज, निर्माण, पर्यटन र सेवा क्षेत्रमा आउने गरेको छ ।
त्यसैगरी उद्योग क्षेत्रमा भारतका लगानीकर्ताले १० अर्ब २३ करोड ९९ लाख, बेलायतबाट ६ अर्ब ६६ करोड ४३ लाख र अमेरिकी लगानीकर्ताले चार अर्ब ६८ करोड ३९ लाखको लगानी प्रतिबद्धता गरेका छन् । उनीहरुले क्रमशः १६, चार र पाँचवटा उद्योग स्थापनाका लागि प्रतिबद्धता जाहेर गरेका हुन् ।
उद्योग क्षेत्रमा लगानी गर्नेहरुमा विदेशी लगानीकर्तातर्फ क्यानडाबाट ५० करोड, नेदरल्याण्डबाट २७ करोड, दक्षिण कोरियाबाट २६ करोड, फ्रान्सबाट २५ करोड, बंगलादेश र जापानबाट २० करोड लगानी प्रतिबद्धता आएको छ । उनीहरुले क्रमशः १, २, ३, २, २ र ३ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै पोल्यान्डका लगानीकर्ताले पनि १५ करोड, मलेसियाबाट १० करोड ९० लाख, अष्ट्रेलिया र पाकिस्तानबाट क्रमशः १० करोड तथा हङकङ र सिंगापुरबाट क्रमशः पाँच करोड लगानी प्रतिबद्धता आएको छ । उनीहरुले क्रमशः १÷१ वटा र मलेसियाली लगानीकर्ताले २ वटा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रतिबद्धताअनुसार काम भए कुल दुई सय २९ वटा उद्योग स्थापना हुनेछन् भने ११ हजार दुई सय ९७ जनाले रोजगारी पाउनेछन् । विभागका तत्कालीन महानिर्देशक जीवन प्रसाद सिटौलाले उद्योगमा गरिएको लगानी आउने बताए । ‘पछिल्लो समय विश्वको ध्यान स्वास्थ्यमा केन्द्रित भए पनि वातावरण सहज बनेपछि लगानीकर्ताहरु आउनेछन्’, उनले आर्थिकसँग भने, ‘त्यसैले गर्दा उद्योग स्थापना बढ्नेछ ।’ उक्त १७ मुलुकका लगानीकर्ताहरुले ८३ वटा पर्यटनमूलक, ७३ वटा सेवामूलक, ३७ वटा सूचना तथा प्रविधिमूलक, २४ वटा उत्पादनमूलक, आठवटा ऊर्जामूलक र चारवटा कृषिजन्य उद्योग स्थापना गर्नेछन् ।
अघिल्लो आव (२०७५/०७६) मा भने ३२ वटा मुलुकका लगानीकर्ताहरु उद्योग क्षेत्रमा लगानी गर्न आएका थिए । उनीहरुले तीन सय ४४ वटा उद्योग स्थापना गर्ने भन्दै ३१ अर्ब ८६ करोड ३० लाख लगानी प्रतिबद्धता समेत जनाएका थिए । उद्योग क्षेत्रमा एसिया, युरोप, अमेरिका र अफ्रिकाका गरी ९० भन्दा बढी मुलुक आकर्षित भए पनि लगानी रकम भने निकै कम आउने गरेको छ । लगानी रकम कम आउनुको पछाडिका कमी कमजोरी पत्ता लगाई समाधान गर्नु आवश्यक रहेको अर्थविद्हरु बताउँछन् । पछिल्लो समय सरकारले विदेशी लगानीकर्ताको सहजताका लागि ऐन, नियममा संशोधन तथा परिवर्तन गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया