संक्रमित बढिरहँदा भ्यान्टिलेटर निर्यात गर्न भारतको मञ्जुरी
नयाँ दिल्ली, साउन १८
भारतीय सरकारले देशमा कोरोना भाइरस संक्रमण बढिरहे पनि भ्यान्टिलेटर निर्यात गर्न मञ्जुरी दिएको छ । केन्द्र सरकारका स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले सक्रिय संक्रमित धेरै भए पनि भ्यान्टिलेटरमा निकै कम दरमा रहेको उल्लेख गर्दै भ्यान्टिलेटर निकासी खोलेको बताएका हुन् । भारतीय मिडियाहरुका अनुसार भारतमा अहिले कोरोनाका कारण मृत्यु हुने दर २.१५ प्रतिशत रहेको छ । यसलाई कममै सीमित पार्न सरकारले प्रयास गरिरहेको उनले बताए । जुलाई ३१ सम्म संक्रमितमध्ये शून्य दशमलव २२ प्रतिशत मात्रै बिरामी भ्यान्टिलेटरमा रहेको बताइएको छ ।
स्वास्थ्यमन्त्री हर्षवर्धनका अनुसार निर्यात प्रतिबन्ध फुकुवासँगै अब भ्यान्टिलेटरको विदेशमा बजार खोजी गरिनेछ । भारतमा २० भन्दा धेरै भ्यान्टिलेटर निर्माता रहेका छन् । त्यस्तै अर्का केन्द्रीय मन्त्री पीयूष गोयलले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत भारतमा बनेका भ्यान्टिलेटरले कोभिड १९ महामारीविरुद्ध लड्ने बताए । मृत्युदर घटिरहेकोले भ्यान्टिलेटर निर्यात पुनः खुल्ला गरेको उनको भनाइ छ । यसले रोजगारी र औद्योगिक वृद्धि हुने अपेक्षा गरिएको छ ।
भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजारभन्दा बढी संक्रमित :भारतमा कोरोनाभाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएकामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । अधिकारीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ संक्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म संक्रमितहरुको संख्या १६ लाख ९५ हजार ९ सय ९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार कुल संक्रमितमध्ये पाँच लाख ६५ हजार १ सय ३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३ सय ७४ जना संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।
भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । तीमध्ये ७ सय ६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिले पनि एक लाख ५० हजार ९ सय ६६ जना संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९ सय ९४ रहेको छ । मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९ सय ८६ जना संक्रमित अवस्थामै रहेका बेला तीन हजार ९ सय ३५ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया