फिलिपिन्स, साउन २०
फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजधानी मनिलादेखि अन्य प्रान्तहरुसँग आवतजावतलाई पनि बन्द गर्न लागिएको जानकारी दिएका छन् । चिकित्सकहरुको टोलीले कोरोनाभाइरसको संक्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि उनले यस्तो निर्णय लिएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता ह्यारी रोक्युले सोमबार दिएको जानकारी अनुसार महानगरको प्रहरी प्रशासनले मंगलबारदेखि दुई हप्ताका लागि लकडाउन गर्नेछ । आर्थिक गतिविधि बन्द गर्न र अत्यावश्यक बाहेकका अन्य सवै हिडडुल तथा यात्रा गर्न पनि उनीहरुले प्रतिवन्ध लगाउने भएका छन् ।
लकडाउनका समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विषेश केही उद्योगका कर्मचारीलगायतलाई पनि हिड्न दिइने गृह मन्त्रालयका सचिव एडुर्डो एनोले जानकारी दिए । राष्ट्रपति रोड्रिगो डुटेर्टेले यसअघि यही जुन १ तारिखदेखि लकडाउन अन्त्य गरी आर्थिक लगायतका धेरै गतिविधिका लागि खुल्ला गरेका थिए ।
उनले लकडाउन घोषणा गरेपनि बैंक, स्वास्थ्य तथा खाद्य सामग्रीसम्वन्धी कर्मचारी, कृषि उत्पादन कार्यमा संलग्न मजदुरलगायतलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म जान पाउने व्यवस्था गरिने बताए । कमदारहरूले मोटरसाईकल, साईकल, नीजि कारमा आवत जावत गर्न पाउने तर सार्वजनिक यातायातका साधन भने प्रयोग गर्न नपाउने अधिकारीहरुले जनाएका छन् ।
फिलिपिन्सका चिकित्सासम्वन्धी झण्डै एक सय संस्थाहरुले विद्युतीय माध्यममार्फत गरेको बैठकमा अधिकांशले लकडाउन जस्ता प्रतिवन्धात्मक व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया