अमेरिकी प्रतिबन्धका बाबजुद जर्मन–रूस ग्यास पाइपलाइन पूरा गरिने
मस्को, पुस ७
रुसदेखि जर्मनीसम्मको ग्यास पाइपलाइन समयमै सम्पन्न गरिने भएको छ । पाइपलाइन निर्माण गर्ने समूहले शनिबार अमेरिकी प्रतिबन्धका बाबजुद समयमै काम सम्पन्न गर्ने बताएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त पाइपलाइन बनाउने कम्पनीमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका थिए । जर्मनीसम्म आउने उक्त ग्यास पाइपलाइन निर्माण भए अहिलेभन्दा दोब्बर क्षमतामा ग्यास आउनेछ ।
अमेरिकाले आफूले उत्पादन गरिरहेको तरलीकृत ग्यास युरोपमा बेच्न चाहिरहेको छ । यदि उक्त ग्यास पाइपलाइन निर्माण भए युरोपमा रुसको ग्यासले बजार ओगट्नेछ । तर अमेरिकाले युरोपमा रुसको प्रभुत्व बढ्ने भन्दै पाइपलाइन निर्माणको विरोध गरिरहेको छ । साथै उक्त पाइपलाइनले युक्रेन हुँदै युरोप आउनेछ । यही हप्ता मस्को र किभले पाइपलाइनको ट्रान्जिट सम्झौता गरेका थिए ।
यो पाइपलाइन बाल्टिक समुद्रको पिँध हुँदै युरोप आउने बताइएको छ । यसको निर्माण सन् २०२० को मध्यतिरै सकिने बताइएको छ । नर्ड स्ट्रिम २ ले शनिबार तोकिएकै समयावधिमा पाइपलाइन निर्माण गरिसक्ने बताएको छ । अमेरिकाले प्रतिबन्ध लगाउने भनेपछि रुस र जर्मनीले औपचारिक रुपमै अमेरिकी कदमको विरोध गरिसकेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया