४० करोड डलरका दुई पाकिस्तानी परियोजना स्वीकृत
इस्लामाबाद, साउन २१
विश्व बैंकले पाकिस्तानका दुई परियोजना स्वीकृत गरेको छ । ती परियोजना ४० करोड अमेरिकी डलरका हुन् । पाकिस्तानमा खाद्य असुरक्षा घटाउन र कोभिड १९ ले बन्द रहेका विद्यालयमा शैक्षिक गतिविधि पुनर्सञ्चालनका लागि उक्त डलरको कार्यक्रम विश्व बैंकले स्वीकृत गरेको पाकिस्तानी मिडियाहरुले जनाएका छन् ।
दुई परियोजनाका लागि विश्व बैंकले ४० करोड डलर दिनेछ भने २०/२० करोडमा रकम विभाजन गरिनेछ । पहिलो परियोजना सलह संकट र खाद्य सुरक्षा परियोजना हो । यस वर्ष पाकिस्तान, भारत हुँदै सलह नेपाल आएको थियो । सलहले थप संकट नल्याओस् भनेर यो परियोजना कार्यान्वयन गर्न विश्व बैंकले परियोजना स्वीकृत गरेको हो ।
२० करोड डलरमध्ये १२ करोड ५० लाख डलर क्षेत्रीय अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट प्राप्त हुनेछ । सलहले खाद्यबालीमा नोक्सान पार्दा खाद्य असुरक्षा बढ्ने भएकाले यो परियोजनाले थप क्षति हुन नदिने बताइएको छ । सलहले सखाप पारेको अवस्थामा १५ अर्ब डलरभन्दा माथिको नोक्सानी हुनसक्ने आँकलन गरिएको छ । यसले पाकिस्तानमा खाद्य जोखिम बढाउनसक्नेछ ।
पाकिस्तानमा २० प्रतिशत जनसंख्या कुपोषित, ४० प्रतिशत जनसंख्या बहुविध गरिबी र २५ प्रतिशत जनसंख्या राष्ट्रिय गरिबीको रेखामुन रहेका छन् । विश्व बैंकको कार्यकारी निर्देशकीय बोर्डले दुई परियोजना स्वीकृत गरेको हो । सलह र कोभिड १९ ले निम्त्याएको संकट व्यवस्थापन गर्न आकस्मिक रुपमा उक्त सहयोग स्वीकृत गरेको पाकिस्तानका लागि विश्व बैंकका देशीय निर्देशक इलांगो पाचामुथुले बताए ।
यो परियोजनाले पाकिस्तानको कृषिमा आश्रित अर्थतन्त्रलाई जोगाउने र शैक्षिक प्रणाली सुधारबाट मानव पुँजीको संरक्षण हुने बताइएको छ । त्यस्तै आईडीएबाट आउने २० करोड ऋणले कोभिड १९ ले शैक्षिक क्षेत्रमा निम्त्याएको संकट व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया