हिमालयन डिष्टिलरी लिमिटेडको १ सय ७१ प्रतिशत लाभांश पारित
काठमाडौं, पुस ७
हिमालयन डिष्टिलरी लिमिटेडले कम्पनीको १९औँ वार्षिक साधारणसभाबाट १ सय ७१ दशमलव शून्य पाँच प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न सभाले स्वीकृत गरेको नगद लाभांश ५२ दशमलव ६३ प्रतिशत र ५० प्रतिशत बोनस सेयर गरी आ.व. २०७५/०७६ को कुल लाभांश १ सय दुई दशमलव ६३ प्रतिशत घोषणा गरेको छ । यसै गरी सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई अन्तरिम लाभांशको रुपमा प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा वितरण गरेको समेत गरी आ.व.२०७५/०७६ मा जम्मा १ सय ७१ द्यशमलव शून्य पाँच प्रतिशत लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ ।
१९ वर्षअगाडि स्थापना भएको उच्चस्तरको प्रविधि जडित हिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको ब्लेन्डिङ्ग दक्षतामा पारिवारिक विरासत कायम रहेको छ । यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको र नेपालमा १० लाख कार्टुनभन्दा बढी प्रतिवर्ष बिक्री हुने ब्राण्ड हो । हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३ सयभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ । कारखानामा ऊर्जा सह–उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्चस्तरीय प्रदूषण नियन्त्रण प्रणाली समेत जडान गरिएको छ ।
हिमालयन डिष्टिलरी लिमिटेडले आ.व. २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धिसहित छ अर्ब ४४ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी हासिल गरेको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धिसहित ५३ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । विगत ५ वर्षमा कम्पनीको सञ्चालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ ।
यस कम्पनीलाई व्यवस्थापन गर्ने जावलाखेल गु्रप अफ इण्डष्ट्रिज प्रालिका गु्रप कार्यकारी निर्देशक शसिन जोशीले यसको श्रेय कम्पनीले अवलम्बन गरेका नवीनतम प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धि, सक्षम लागत/खर्च व्यवस्थापन तथा रणनीतिक बजार विस्तार आदिलाई दिएका छन् । हिमालयन डिष्टिलरी लिमिटेड नेपाल सरकारलाई उच्चतम राजस्व योगदान गर्ने उत्पादनमूलक उद्योगमध्ये एक भएको व्यहोरा जोशीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया