सोलुखुम्बुका कृषकलाई बाँदर धपाउने यन्त्र वितरण
महेन्द्र शाही
सोलुखुम्बु साउन २३
डिभिजन वन कार्यालय सोलुखुम्बुले किसानलाई बाँदर धपाउन प्रयोग गर्ने यन्त्र वितरण सुरु गरेको छ । सोलुखुम्बु जिल्लामा नै पहिलोपटक यस्तो यन्त्र वितरण गरेको कार्यालयले जनाएको छ । वन्यजन्तु धपाउन ठूलो आवाजमा पड्किने यो यन्त्रले भालु धपाउन समेत मद्दत पुग्ने विश्वाससाथ प्रभावित क्षेत्रका किसानलाई यन्त्र वितरण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डम्बर भण्डारीले जानकारी दिए ।
बाँदरले किसानको बारीमा लगाएको बालीमा क्षति गरेकाले त्यसबाट जोगिनका लागि यन्त्र वितरण गरिएको भण्डारीको भनाइ छ । यो यन्त्र राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा २ हजार ५ सयका दरले खरिद गरी किसानलाई वितरण गरिएको बताइएको छ । पहिलो चरणमा १० वटा यन्त्र किसानलाई वितरण गरिने कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयले खरिद गरी ल्याएकामध्ये सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ३ का किसानलाई २ वटा यन्त्र प्रदान गरिएको छ भने वडा नम्बर २ का किसानलाई २ वटा, थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ३ का किसानलाई १ वटा वितरण गरिसकिएको छ । यो क्षेत्रमा वर्षेनी बाँदर तथा अन्य वनयजन्तुले कृषि उपजमा क्षति गर्दै आएका छन् ।
बाँकी रहेको यन्त्र सोताङ गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ५, ६ र ७ का किसानलाई वितरण गर्ने तयारी गरेको छ । यो क्षेत्रमा पनि बाँदर तथा भालुको बढी बिगबिगी छ । अहिले परीक्षणका लागि केही मात्र यन्त्र खरिद गरिएको र प्रभावकारी भएमा थप यन्त्र खरिद गरी किसानलाई दिइने कार्यालयले जनाएको छ । वनयजन्तु नियन्त्रणका लागि विभिन्न उपाय खोजिएको र यो यन्त्रको समेत प्रयोग गर्न सुझाव आएकाले यसको प्रयोगमा पनि कार्यालय लागेको सूचना अधिकारी भण्डारीको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया