गौरीशंकरका स्थानीय वर्षेनी बाढीपहिरोको शिकार
सुबास बस्नेत
दोलखा, साउन २५
दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाभित्रका स्थानीय वर्षेनी बाढीपहिरोको शिकार बन्ने गरेका छन् । गत वर्ष बाढीपहिरोका कारण ठूलो जनधनको क्षति व्यहोरेका गौरीशंकर गाउँपालिकाले यो वर्ष पनि लगातारको वर्षासँगै आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ परिवार विस्थापित बनेका छन् ।
गत बिहीबार रातिको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिकामा एक जनाको ज्यान गएको छ भने दर्जनौँ घरहरूमा क्षति पुगेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारे टुनिटारमा माथिबाट खसेको पहिरोले लागेर ३० वर्षका सुरेश शिवाकोटीको मृत्यु भएको हो ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ घर भएका शिवाकोटी ग्रीलको काम गर्न खारे पुगेका थिए । पहिरोले लागेर अर्का मजदुर लोकश चौधरी घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै बाढीले गौरीशंकर गाउँपालिका वडा नम्बर ६ का तीन दर्जन घरपरिवार विस्थापित भएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयमबहादुर खड्काले जानकारी दिए । बाढी तथा पहिरोकै कारण गुरुम्फिका दुई दर्जन घरहरूमा क्षति क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तमाङले जानकारी दिए । तामाकोशीमा पानीको बहाब अत्यधिक भएपछि विगु र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको बेलिब्रिजमा क्षति पुगेकोले आवतजावतमा समस्या भएको अध्यक्ष खड्काको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया