नवलपरासी, साउन २५
प्रदेश नं. ५ अन्तर्गत १२ वटै जिल्लामा सम्भावित बाढीपहिराको जोखिमलाई आङ्कलन गरी सम्भावित बचावट तथा रोकथामका लागि पूर्वआवश्यक तयारी गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका अनुसार विशेषगरी पहाडी जिल्लाहरुसहित सबै जिल्लामा बाढीपहिराबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी गरिएको हो ।
सार्वजनिक सम्पत्ति, व्यक्तिगत घर, बाटो, पुलपुलेसाको संरक्षणका लागि १२ वटै डिभिजन कार्यालयमा आपत्कालीन बचावटका सामग्री तयारी अवस्थामा राखिएको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका धुव्रराज पौडेलले राससलाई जानकारी दिए । बाढीपहिरो आउन सक्ने सम्भावित जिल्लामा मन्त्रालयअन्तर्गत रहेका सबै डिभिजन कार्यालयमा तारजाली, ढुङ्गा, प्लास्टिकका बोरा, नाइलन जालीलगायत आपत्कालीन बचावटका सामग्री राखिएको छ । महाशाखाका अनुसार हालसम्म बाढीपहिराका कारण विभिन्न जिल्लामा भएको क्षतिको विवरणसमेत सङ्कलन गरिएको छ । बाढीपहिराका दृृष्टिले प्रदेश नंं ५ का पहाडी जिल्ला जोखिममा मानिन्छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया