भारतद्वारा नेपाली सेनालाई १० आईसीयू भेन्टिलेटर प्रदान
काठमाडौं, साउन २६
भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ को महामारीविरुद्ध लड्न दश ‘आईसीयू भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् । मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।
दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु-याउन भारत प्रतिबद्ध रहेको बताए । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया