Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वमा कोरोना भाइरस संक्रमितको दुई करोड नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको दुई करोड नाघ्यो


काठमाडौं, साउन २७
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ)ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार दुई सय ११ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।संक्रमितमध्ये ६४ हजार नौ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार चार सय ४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार छ सय १७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४७ लाख ५० हजार चार सय चार जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ५९ हजार सात सय २९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार पाँच सय १५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ३४ हजार आठ सय ४५ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ३६ हजार सात सय ५२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख छ हजार एक सय ४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार चार सय ७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख नौ हजार छ सय ३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार तीन सय २४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार तीन सय नौ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने तीन सय ४० जनाको मृत्यु भएको छ । (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया