क्लोथ बैंकलाई जानकी फाइनान्सले दियो १० वटा अक्सिजन सिलिन्डर
काठमाडौं, भदौ १८
कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेकाहरुलाई सहयोग गर्ने अभियान सञ्चालन गरेको क्लोथ बैंक जनकपुरलाई जानकी फाइनान्सले १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । १८ हजार रुपैयाँ प्रतिसेट पर्ने गरी कुल एक लाख ८० हजारको समान सहयोग गरिएको फाइनान्सका अध्यक्ष अमरनाथ गुप्ताले बताए ।
गुप्तासहित फाइनान्सका निर्देशक रघुनाथ साह र सीईओ रजनिश कुमार सिंहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी, क्लोथ बैंकका अध्यक्ष राजिव झा तथा अक्सिजन व्यवस्थापन समितिका संयोजक मनोज चौधरीलाई सो समानहरु हस्तान्तरण गरिएको हो ।
अभियानका प्रवक्ता तथा बैंकका उपाध्यक्ष पत्रकार पुरन रौनियारका अनुसार अहिलेसम्म कुल ८४ जना संक्रमित अभियानको अन्डर केयरमा रहेर उपचार लिइरहेकोमा २० जना निको भएको छ । बाँकी ६४ मध्ये चार जनालाई अक्सिजनको सहयोगमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया