सुबास बस्नेत
दोलखा, भदौ २१
लामो समय चलेको लकडाउनले फुर्सादिला बनेका युवाले गाउँमा कुखुरा व्यवसाय सुरु गरेका छन् । तर उनीहरूले पालेका कखुरा बिक्री गर्नको लागि भने समस्या गरेको छ । जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका करिब एक दर्जन युवाले लकडाउनको समयलाई सदुपयोग गर्दै कुखुरापालन व्यवसाय सुरु गरेका थिए । असारदेखि कुखुरा पालनमा लागेका उनीहरूले दुई महिनाको अवधिमा करिब आठ सय कुखुरा उत्पादन गरेका छन् ।
एक लाख ५० हजार लगानी गरेर एक महिनाअघिदेखि कुखुरापालनमा व्यस्त बनेका पाइलेका युवा विशाल बस्नेतले तीनदेखि चार केजी तौलका २ सयवटा कुखुरा उत्पादन गरेका छन् । तर बिक्री गर्न तयार भएको कुखुरा बिक्री गर्न नसक्दा समस्या परेको उनले बताए ।
दोलखामा गत तीन हप्तादेखि निषेधाज्ञा लागू भएपछि सवारीसाधन चल्न नसक्दा कुखुरा बिक्री गर्न थप समस्या भएको सोही गाउँका अर्का व्यवसायी राजु बस्नेतले बताए । खोरमा बिक्रीका लागि तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म पु¥याउन नसक्दा समस्या भएको उनले बताए । अहिले बजारमै पनि कुखुराको माग न्यून रहेको छ । कतिपय पसलेले कुखुरा बिक्री नहुँदा मासु पसल नै बन्द गर्नुपरेको बताएका छन् । बजारमा ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ ।
गाउँबाट बाहिरी जिल्लामा कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको व्यवसायीहरूको गुनासो रहेको छ । एक/दुई हप्ताअघि जिउँदो कुखुराको मूल्य प्रतिकेजी तीन सय ९० रूपैयाँ रहेकोमा अहिले एक सय ९० रूपैयाँमा बेच्न पनि समस्या भएको बस्नेतले बताए ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरूमा गाउँघरमा उत्पादन भएका कुखुरा बजारसम्म ल्याउन समस्या भएको चरीकोटका मासु पसलेहरू बताउँछन् ।
कुखुरा व्यवसायी किसान बस्नेतका अनुसार ४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन । उनले भने, ‘कुखुरा र तरकारी एउटैजस्तै हो । लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन । अहिले मासु खपत हुने ठाँउ बन्दजस्तै छ ।’ वैतेश्वर गाउँपालिका विभिन्न गाउँमा व्यवसायी कुखुरा पालन गर्दै आएका अन्य धेरै किसान अहिले कुखुरा बिक्री नहुँदा आर्थिक समस्यामा परेको बताउँदै आएका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया