कोभिड–१९ खोप : विश्वभर खोप वितरण गर्न आठ हजार जम्बो जेट चाहिने
अमेरिका, भदौ २६
विमान सेवा प्रदायकहरुले कोभिड–१९ को खोप विश्वभर वितरण गर्नु मुख्य र ठूलो चुनौती हुने बताएका छन् । यसका लागि बोइङका ७४७ मोडलका आठ हजारवटा जम्बो जेट विमान आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईएटीए)ले जनाएको छ ।
तर हालसम्म खोप बनिसकेको छैन । आईएटीएले भने सम्भावित खोप वितरणको तयारी सुरु गरिसकेको छ । यसका लाग विमान सेवा प्रदायकहरु, विमानस्थल, विश्वका स्वास्थ्य कार्यालयहरु र औषधि कम्पनीसँग एयरलिफ्ट (हवाइ माध्यमबाट वितरण) गर्ने योजना अगाडि बढाइसकेको उसले बताएको छ ।
वितरण कार्यक्रमअनुसार एक व्यक्तिलाई एक डोज चाहिने पनि अनुमान गरिएको छ । ‘विश्व कार्गो उद्योगका लागि सुरक्षित रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने यो शताब्दीकै ठूलो मिसन हुनेछ’, आईएटीएका प्रमुख कार्यकारी अलेजेन्डर डी जुनियाकले भने, ‘तर अग्रिम र सुरक्षित योजनाविना यो सम्भव हुनेछैन । साथै, त्यसका लागि तयारीको समय अहिले नै हो ।’
यात्रु सेवाको उडान नै ओरालो लागिरहेका बेला खोप वितरण झनै जटिल हुने बताइएको छ । त्यस्तै सबै विमानहरुले पनि यो कार्यक्रममा योगदान दिन नसक्ने हुन्छ । किनकि २ देखि ८ डिग्री सेल्सियसको तापक्रम खोप वितरणका लागि आवश्यक हुन्छ । केही खोपका लागि त अत्यधिक चिसो तापक्रम आवश्यक पर्ने हुँदा धेरै विमानहरु यसै पनि यो कार्यक्रममा सहभागी हुन पाउनेछैनन् ।
‘हामीलाई यसको प्रक्रियाबारे राम्ररी थाहा छ । आवश्यक पर्ने अवस्था मापन गर्न अहिले नै आवश्यक छ’, उक्त संस्थाको कार्गो प्रमुख ग्लिन हग्सले भने । त्यस्तै दक्षिण पूर्वी एसियाको यस्तो उडान अझै जटिल हुनसक्नेछ । खोप उत्पादन क्षमता नहुँदा अवस्था जटिल हुनसक्ने उनको भनाइ छ । त्यस्तै अफ्रिका महाद्वीपमा खोप वितरण झनै जटिल हुनेछ । यो क्षेत्रको भूगोल ठूलो र सीमा पार गर्न विभिन्न सैन्य जटिलता भएका कारण खोप वितरणमा प्रभाव पर्नेछ ।
अहिले करिब १ सय ४० वटा खोप विकास भइरहेका छन् । त्यसमध्ये दुई दर्जन खोपको मानिसमा क्लिनिकल ट्रायलका रुपमा परीक्षण भइरहेको छ । त्यसमध्ये. अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोप अन्तिम चरणमा प्रवेश गरिसकेको छ । आईएटीएले सरकारहरुलाई खोप प्रमाणीकरण भएको अवस्थामा होसियारीपूर्वक वितरण गर्न योजना बनाउन सुझाव दिएको छ । त्यस्तै अनुकूल तापक्रम र सुरक्षाको लाग पनि विश्वका सरकारहरु तम्तयार हुनुपर्ने सुझाव उसले दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया