कामनाका ग्राहकले ‘सोसल मिडिया बैंकिङ प्लेट फर्म’ मार्फत सेवा पाउने
काठमाडौं, भदौ २८
कामना सेवा विकास बैंकले घरमा नै बसेर ‘सोसल मिडिया बैंकिङ प्लेटफर्म’मार्फत वित्तीय सेवा पाउने सुबिधा सञ्चालनमा ल्याएको छ । बैंकले भाइबर वा फेसबुक मेसेन्जरजस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौताको विवरणजस्ता जानकारी घरमै बसेर थाहा पाउन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार सञ्चालक समितीका अध्यक्ष सुदिप आचार्यले शुक्रबार ‘कामना सेवा विकास बैंक सोसल मिडिया बैंकिङ प्लेटमर्फ’ को शुभारम्भ गरेका हुन् । भाइबरको माध्यमबाट यी सुविधाहरू प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ भने फेसबुकको माध्यमबाट सुविधा प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाउनुपर्ने बैंकले जानकारी दिएको छ । कोरोनाको महामारीका बीच सुरु गरिएको यो सेवा प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया