एभरेष्ट बैंकको मासिक किस्ता नौ हजार ३६ रूपैयाँमा घर कर्जा
काठमाडौं, पुस १०
एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडाभन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाऊँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता नौ हजार तीन सय ६३ रूपैयाँ मात्रको होम लोन ल्याएको हो ।
यस अभियानमा ग्राहकहरूले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउनेछन् । बैंकले सम्पूर्ण ग्राहकहरूलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ । ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरूको संख्या १० लाखभन्दा बढिरहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै क्यामेलस रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ९५ वटा शाखाहरू, २८ राजस्व संकलन काउन्टर र एक सय २२ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया