हवाइ यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गर्न गाउँपालिकाको अनुरोध
महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका आउने यात्रुले पीरीआर रिपोर्ट नेगेटिभ देखाउनु पर्ने भएको छ । गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर रिर्पोट नेगेटिभ आए मात्र उडान अनुमति दिन आग्रह गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए । नेपाल सरकारले देशभरिका आन्तरिक उडान खुला गरेसँगै कोरोना संक्रमण बढ्ने भन्दै पालिकाले यस्तो अनुरोध गरेको छ । गाउँपालिकामा सिधै काठमाडौँबाट यात्रु आउने भएकाले सावधानी अपनाउन आग्रह गरिएको भट्टराईको भनाइ छ ।
गाउँ पालिकाले लेखेको पत्रमा खुम्बु क्षेत्रमा उडान गर्दै आएका सिता, समिट र तारा एयरलाइन्सलाई सम्बोधन गरिएको छ । देशभरि नै सोमबारदेखि आन्तरिक उडान सुरु गरिएको छ । आन्तिरिक उडान सुरु भएसँगै खुम्बुमा पर्यटकको आवागनम बढ्ने अनुमान गरिएको छ । उडान खुलेको पहिलो दिन सोमबार खुम्बुमा चारवटा उडान भएको विमानस्थल कार्यालयका प्रमुख मुकेशराज दाहाले जानकारी दिए । जसबाट खुम्बुमा पाँचजना यात्रु भित्रिएका छन् । सबै यात्रु स्वदेशी नै रहेको उनको भनाइ छ । अब विमान खुलेसँगै विस्तारै चहलपल बढ्ने स्थानीयको विश्वास रहेको छ । लामो समय सुनसान भएको खुम्बु क्षेत्रमा पर्यटक आउने र आफ्नो व्यापार सुचारु हुने विश्वास गरिएको स्थानीय व्यापारी तोया श्रेष्ठले जानकारी दिए ।
दिनमा एक सय वटासम्म उडान हुने विमानस्थलमा सुनसान हुँदा स्थानीय सारै निराश भएको उनले सुनाए । भदौ १९ गतेदेखि अवरुद्ध भएको उडान समेत शनिबारदेखि सुरु भएको थियो । जसमा आइतार कुनै पनि उडान नभएको दाहालको भनाइ छ । लामो समय उडान नहँुदा खुम्बुमा तरकारीका अभाव देखिएको थियो । मौसम खुलेपछि तरकारी ढुवानी भएको र केही सहज भएको स्थानीय व्यापारी जितेन्द्र बस्नेतले बताए । स्थानीयरूपमा उत्पादन नहुने भएकाले खुम्बुमा तरकारीका लागि काठमाडौँको भर पर्नुको विकल्प छैन ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया