बाग्लुङ टेलिकमले सुरु ग-यो स्वच्छ सहरको अभियान
काठमाडौं ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाग्लुङले सहरभरिका पोलमा यत्रतत्र झुण्डिएका टेलिफोन तथा इन्टरनेटका तारलाई निकाल्ने (डिस्मेन्टल) तथा व्यवस्थित गर्दै स्वच्छ र सफा सहर बनाउने अभियान सुचारु गरेको छ ।
धौलागिरि अञ्चलको चारवटै जिल्ला सदरमुकामबाट एकसाथ सुचारु गरिएको उक्त अभियानअन्तर्गत सहरी क्षेत्रको सुन्दरतामा ह्रास आउन नदिन बजार क्षेत्रमा रहेका टेलिफोन तथा इन्टरनेटका सम्पूर्ण पुराना तारहरू हटाइने नेपाल टेलिकम बाग्लुङ लेखा कार्यालयका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । यसरी निकालिएका पुराना तारहरुलाई एकत्र गरी लिलामी प्रक्रियाअनुरुप व्यवस्थापन गरिने टेलिकम बाग्लुङका लेखाप्रमुख दिनेश अर्यालले बताए ।
लिलामी प्रक्रियाअनुरुप उक्त तारहरु बिक्री गर्दा कम्पनीको राजस्व समेत अभिवृद्धि हुनेछ भने सहरी सुन्दरता समेत बढ्ने उनले बताए । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाग्लुङले यसअघि रहेको कपर नेटवर्कलाई विस्थापन गर्दै उच्चगतिको फाइबर नेटवर्कमा आधारित एफटीटीएच विस्तार तथा माइग्रेसनको कार्यलाई सम्पन्न गरिसकेको छ ।
साथै धौलागिरि अञ्चलका चारवटै जिल्ला सदरमुकामहरुम एफटीटीएच नेटवर्क विस्तार भई सेवा वितरण समेत भइरहेको छ । जसअनुसार बाग्लुङमा करिब तीन हजार, बेनीमा एक हजार दुई सय, पर्वतको कुश्मामा एक हजार दुई सय र जोमसोममा करिब चार सय ५० लाइन विस्तार गरिसकेको दूरसञ्चार कार्यालय बाग्लुङका प्रमुख शर्माले बताए ।
नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा वितरण गरिरहेका अन्य इन्टरनेट सेवाप्रदायकहरु एवं केवल टेलिभिजन सेवाप्रदायकहरु जसले पोल भाडाभुक्तानी गरेका छैनन, तिनीहरुको तारसमेत हटाइने कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया